अमेरिकाको निर्वाचनमा राष्ट्रपति बाइडेनको पार्टी दुवै सदनमा पछाडि पर्यो
काठमाडौं । अमेरिकाको मध्यावधि चुनावमा हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन पार्टी निकै राम्रो अवस्थामा रहेको देखिन्छ ।
१ सय ५४ सिटमा अग्रता लिएर रिपब्लिकन पार्टीको बहुमत लगभग निश्चित मानिएको छ । ४३५ सिट भएको सदनमा बहुमतका लागि एउटै दललाई २१८ सिट चाहिन्छ ।
तर, सिनेटमा भने डेमोक्र्याट र रिपब्लिकन पार्टीबीच निकै कडा प्रतिस्पर्धा छ ।
तर, यहाँ पनि रिपब्लिकनले डेमोक्र्याटलाई उछिनेको देखिन्छ । सिनेटमा हाल डेमोक्र्याटको ४१ सिट छ भने रिपब्लिकन ४३ सिटमा अगाडि छन् । यहाँ बहुमतका लागि ५० सिट आवश्यक छ ।
सिनेटमा यी दुई दलबीच निकै प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।
यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४ सय ३५ र सिनेटका ३४ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । यसका साथै राज्यहरूले आफ्ना गभर्नरहरू पनि चयन गर्नेछन्।
अमेरिकी राष्ट्रपति जो बाइडेन चुनावमा सहभागी नहुने र यो नतिजाले उनको वर्तमान कार्यकालमा असर नपर्ने भए पनि मध्यावधि निर्वाचनले राजनीतिको भावी दिशा र जनताको मूडलाई संकेत गर्छ ।
फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस, जो २०२४ को चुनावको लागि रिपब्लिकन दावेदार मानिन्छन्, एक पटक फेरि विजयको लागि अग्रसर छन्।
विस्कन्सिन, पेन्सिलभेनिया, नेभाडा, जर्जिया र एरिजोनामा टक्कर नजिक भएको मानिन्छ।
नोभेम्बर २०२० मा, जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित भए। दुई वर्षपछि मध्यावधि निर्वाचनको मिति तय भएको छ ।
नामले नै राष्ट्रपतिको कार्यकालको बीचमा नै मध्यावधि निर्वाचन हुन्छ । अर्थात् राष्ट्रपतिको निर्वाचन भएको दुई वर्षपछि र अर्को निर्वाचनभन्दा दुई वर्ष अगाडि ।
यो निर्वाचनको नतिजाले जनताले वर्तमान सरकारको काम र देशको मुड कस्तो महसुस गरेका छन् भन्ने देखाउने विश्वास गरिन्छ ।







डिसी नेपाल







Facebook Comment