चिनियाँ राष्ट्रपतिले आफ्नो सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिए

डिसी नेपाल
२३ कार्तिक २०७९ १६:१५
544
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई ‘युद्धका लागि तयार’ रहन निर्देशन दिएका छन् ।

उनले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताए। यसैलाई ध्यानमा राख्दै उनले चीनको जनमुक्ति सेनालाई आफ्नो क्षमता बढाउन, युद्धको तयारी गर्न र युद्ध लड्न आदेश दिएका छन् ।

६९ वर्षीय सी जिनपिङलाई चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको प्रमुखमा नियुक्त गरिएको छ ।

सी जिनपिङ एकैसाथ तीन शक्तिशाली पदमा छन्। उनी पार्टी र सेना प्रमुख हुनुका साथै चीनको राष्ट्रपति पनि हुन्। हालै उनी तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार उनले सीएमसीको संयुक्त अपरेशन कमाण्ड सेन्टरको निरीक्षण गरे।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाको रिपोर्टका अनुसार उनले चीनको सम्पूर्ण सेनाले युद्धको तयारी गर्न, लड्न र जित्ने क्षमता बढाउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *