११ हजार कर्मचारी कटौती गरेपछि जुकरबर्गले मागे माफी
न्युयोर्क। फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो। विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन्। मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए।
‘मलाई थाहा छ यो सबैका लागि कठिन छ। म विशेष गरी प्रभावित भएकाहरूप्रति माफी चाहन्छु,’ प्रमुख कार्यकारी अधिकृत जुकरवर्गले एक विज्ञप्तिमा लेखे।
जुकरबर्गले महामारीको समयमा फर्मको राजस्वमा भएको वृद्धिको आधारमा वृद्धिको लागि ठूलो दीर्घकालीन अपेक्षाहरूलाई दोष दिए। ‘धेरै व्यक्तिहरूले यो स्थायी गति हुने भविष्यवाणी गरेका थिए’ उनले लेखे, ‘मैले पनि गरें, त्यसैले मैले महत्वपूर्ण रूपमा हाम्रो लगानी वृद्धि गर्ने निर्णय गरें।’ बरु उनले “बृहत् आर्थिक मन्दी“ र “बढ्दो प्रतिस्पर्धा“ ले राजस्व अपेक्षा भन्दा धेरै कम भएको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment