रुसले युक्रेनी सहर खेरसनबाट आफ्ना सेना फिर्ता गर्न आदेश दियो
काठमाडौं । रुसी सेनालाई युक्रेनी सहर खेरसनबाट बाहिर निस्कन आदेश दिइएको छ । फेब्रुअरीमा हमला गरेपछि रुसले कब्जा गरेको खेरसन एक मात्र सहर हो।
युक्रेनमा रुसका कमाण्डर जनरल सर्गेई सुरोभिकिनले शहरमा आपूर्ति जारी राख्न अब सम्भव नभएको बताएका छन्।
यो फिर्तीको अर्थ रुसी सेनालाई निप्रो नदीको पश्चिमी किनारबाट पूर्ण रूपमा फिर्ता गरिनेछ।
युक्रेनबाट रुसले जवाफी हमलाको सामना गरिरहेको बेला यसलाई रुसका लागि ठूलो झट्काको रुपमा हेरिएको छ ।
“यस अवस्थामा हाम्रा लागि उत्तम विकल्प भनेको निप्रो नदीको अर्को छेउमा हाम्रो रक्षालाई बलियो बनाउनु हो,” जनरल सुरोविकिनले वरिष्ठ सैन्य अधिकारीहरूसँगको बैठकमा भने।
रुसी मिडियाले खेरसनका उपनेता किरिल स्ट्रेमोसोभको कार दुर्घटनामा मृत्यु भएको बताएको छ । यो खबर लगत्तै यो घोषणा सार्वजनिक भएको हो ।
उपनेताले छ दिनअघि मात्र रुसी सेना नदी पार गरेर पूर्वी किनारमा जान सक्ने चेतावनी दिएका थिए।







डिसी नेपाल







Facebook Comment