मन्दिरमुनि छ प्रसिद्ध रानीको चिहान, उत्खननमा ४८०० फिट लामो सुरुङ भेटियो
काठमाडौं । पुरानो मन्दिर मुनि दबिएको सुरुङ फेला परेको छ । यो सुरुङ ढुङ्गा कुँदेर बनाइएको हो। लामो समयदेखि हराएको क्लियोपेट्राको चिहान यही सुरुङबाट पत्ता लगाउन सकिने विश्वास गरिन्छ।
यो सुरुङ इजिप्टको पुरातन तापोसिरिस म्याग्ना मन्दिर मुनि पाइन्छ। यो सुरुङ ४ हजार ८ सय फिटभन्दा लामो छ । यसको उचाइ करिब ६ फिट छ । यो सुरुङको संरचना ग्रीसको सामोस टापुमा पाइने युपालिनोसको सुरुङसँग मिल्दोजुल्दो छ। युपालिनोस सुरुङ पुरातन संसारको सबैभन्दा महत्त्वपूर्ण इन्जिनियरिङ उपलब्धि मध्ये एक मानिन्छ।
युनिभर्सिटी अफ सान डोमिङ्गोका पुरातत्वविद् क्याथलिन मार्टिनेजका अनुसार इजिप्टका अन्तिम शासक क्लियोपेट्रा र उनको प्रेमी मार्क एन्टोनीलाई मन्दिरभित्र गाडिएको थियो। यो सुरुङबाट मात्रै चिहानसम्म पुग्न सकिने उनको विश्वास छ ।
पुरातन तापोसिरिस म्याग्ना मन्दिर इजिप्टको अलेक्जान्ड्रिया शहर नजिकै छ। अलेक्जान्ड्रिया कुनै समय इजिप्टको राजधानी थियो। क्याथलिनले भनिन् कि सुरुङ नजिकै रानी क्लियोपेट्राको चिहान हुने सम्भावना धेरै छ। यदि इजिप्टका अन्तिम शासकको अवशेष यहाँ भेटियो भने यो २१ औं शताब्दीको सबैभन्दा ठूलो खोज हुनेछ ।
तापोसिरिस म्याग्ना इजिप्टको एउटा सहरको नाम हो। यो इजिप्टका शासक टोलेमी द्वितीय फिलाडेल्फस द्वारा २८० र २७० ईसा पूर्व बीचमा बसाइएको थियो। यो सहर मारियोटिस तालको छेउमा अवस्थित थियो, जुन अहिले सुकेको छ। इजिप्ट र लिबिया बीचको व्यापारमा यो शहर महत्त्वपूर्ण योगदानकर्ता थियो भन्ने संकेतहरू छन्।
हेरिटेज कीसँगको कुराकानीमा क्याथलीनले भनिन्– यदि सुरुङ नजिकै अन्तिम रानीको चिहान भेटिने सम्भावना १ प्रतिशत पनि छ भने त्यसलाई खोज्नु मेरो कर्तव्य हो । मन्दिर मुनिबाट सुरुङ वा भूमिगत बाटो भेटिएको यो पहिलो पटक हो ।
मन्दिरको ४३ फिट तल गाडिएको यो सुरुङ पत्ता लगाएपछि क्याथलीन सही बाटोमा रहेको हुनसक्छ । मन्दिर भित्रबाट, क्याथलीनले धेरै महत्त्वपूर्ण खोजहरू गरिसकेकी छिन्। यसमा रानी क्लियोपेट्रा र अलेक्ज्याण्डर द ग्रेटको छवि र नामहरू, धेरै टाउको काटिएका मूर्तिहरू र देवी आइसिसका मूर्तिहरू पनि समावेश छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment