मेक्सिकोमा बारमा गोली चल्यो, नौ जनाको मृत्यु

डिसी नेपाल
२५ कार्तिक २०७९ २१:१३
116
Shares

मेक्सिको सिटी । हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा नौ जनाको  हत्या गरेका छन् । उक्त हत्यामा लागूऔषध तस्रहरूको संलग्नता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।  अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो ।

‘ट्रकमा सवार हतियारधारी पुरुष लेक्सस बारमा आइपुगे र भित्रका मानिसहरूमाथि गोली चलाउँदा पाँच पुरुष र चार महिलाको मृत्यु भयो,ु स्थानीय नगरपालिकाले एक विज्ञप्तिमा भन्यो ।

गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ ।

स्थानीय सञ्चारमाध्यमले यो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *