अमेरिकामा परिजितासँग मेयर बालेनकाे वार्तालाप (भिडियोसहित)

बालेनले भने- हामी पनि भोट अपिल गर्छौं

डिसी नेपाल
२६ कार्तिक २०७९ १०:२६
1.1k
Shares

वासिंगटन डिसी। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाको द भ्वाइस रियालिटी शो मा भोटिङ राउण्डमा पुगिसकेकी नेपाली मूलकी परिजिता बाँस्तोलालाई जुममार्फट भेट गरी सफलताको शुभकामना दिएका छन्। उनले अमेरिकी समयअनुसार नोभेम्बर १० तारिक साँझ परिजितासँग कुरा गरेका हुन्।

परिजिताको परिवार नेपालको झापाबाट अमेरिका आई मेरिल्याण्ड राज्यको सेभेर्नापार्क भन्ने स्थानमा हाल स्थायी बसोबास गरिरहेको छ। मेयर बालेन परिजितालाई हिपप कत्तिको मन पर्छ भनेर सोधेका थिए। यसको उत्तरमा परिजिताले अत्ति नै मन पर्ने र अधिकांश समय आफू हिपप सुनेर बस्ने बताइन्।

परिजिताले बालेनलाई तपाईं पनि म्युजिक फिल्डमा हुनुहुन्थ्यो नि भन्दै बालेनको सावेज भन्ने गीत सुनेको बताइन्। जवाफमा बालेनले अहिले पनि म म्युजिकमै छु भनेका थिए। समय नमिलेर अहिले सुटिङ गर्न पाएको छैन, समय मिलेपछि नयां हिपप गीत बजारमा ल्याउने जानकारी पनि उनले दिएका थिए।

बालेन नेपाली बोल्नु हुन्छ? नेपाली गीत गाउन आउँछ? भनी परिजितालाई सोधेका थिए भने जवाफमा परिजिताले बोल्छु र गाउँछु मात्र भनिनन् मेरो पहिलो भाषा नै नेपाली भएको बताइन्। अमेरिकामै जन्मेकी परिजिताले अहिलेसम्म नेपाल नपुगेको र यो प्रतिष्पर्धा पछि समय मिलाएर नेपाल जाने पनि बालेनलाई बताएकी थिइन्।

बालेनले नेपाल आउँदा आफूलाई पनि जानकारी दिन आग्रह गर्दै भेटका लागि उत्सुक भएको बताएका थिए। मेयर साहसँगको कुराकानीका क्रममा परिजिताकी आमा बीरा तिवारी वास्तोला पनि संँगै थिइन्। यो भेटघाटको व्यबस्था साथी बाल्टिमोरका रमेश भट्टले मिलाएका थिए।

(भिडियो सौजन्य रमेश भट्ट)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *