इरानले साउदी अरेबियालाई किन भन्यो–धैर्य टुट्यो भने काँचका महल चकनाचुर हुनेछन् ?

डिसी नेपाल
२६ कार्तिक २०७९ ११:०६
120
Shares

काठमाडौं । इरानका गुप्तचर मन्त्रीले साउदी अरेबियालाई चेतावनी दिएका छन् कि इरानको “रणनीतिक धैर्य” कायम रहने कुनै ग्यारेन्टी छैन। धैर्य टुट्यो भने काँचका दरबारहरू चकनाचुर हुन्छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मन्त्री इस्माइल खातिबले भने, “अहिलेसम्म इरानले रणनीतिक धैर्यता कायम राखेको छ। तर, दुश्मनी जारी रह्यो भने यो धैर्यताको अन्त्य हुँदैन भन्ने ग्यारेन्टी दिन सकिँदैन।”

“यदि इरानले बदला लिने र सजाय दिने निर्णय गर्छ भने, काँचका दरबारहरू चकनाचुर हुनेछन् र यी देशहरू फेरि कहिल्यै स्थिर हुनेछैनन्,” उनले भने।

इरानमा प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु भएपछि देशमा हिजाबको विरोधमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

महसा अमिनी हिजाब नलगाएको भन्दै पक्राउ परेकी हुन् । यस्ता आन्दोलनमा धेरैले ज्यान समेत गुमाएका छन् ।

इरानले अमेरिका र साउदी अरेबियालगायत आफ्ना शत्रु देशहरूलाई इरानमा विरोध भड्काएको आरोप लगाउँदै आएको छ। उनले देशलाई अस्थिर बनाउने प्रयासको जवाफ दिने चेतावनी दिएका छन् ।

इस्माइल खातिबले भने, “म साउदी अरेबियालाई भन्छु कि हाम्रो र यस क्षेत्रका अन्य देशहरूको भाग्य जोडिएको छ किनभने हामी छिमेकी छौं। इरानको अस्थिरता यतिमा मात्र सीमित रहने छैन । यो क्षेत्रका अन्य देशहरूमा फैलिन सक्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *