इमरान खानलाई कारण देखाउँदै साउदी युवराज मोहम्मद बिन सलमानको पाकिस्तान भ्रमण स्थगित

डिसी नेपाल
२७ कार्तिक २०७९ १५:३१
112
Shares

काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको पाकिस्तान भ्रमण पूर्वप्रधानमन्त्री इमरान खानको इस्लामावाद लङ मार्च र धर्नाको घोषणाका कारण स्थगित भएको बताएका छन् ।

उनले इमरान खानलाई देशको हितसँग कुनै सरोकार नभएको र आफ्नो स्वार्थ पूरा गर्न मात्रै लागेको आरोप लगाए ।

उनले ट्वीटरमा लेखेका छन्, “एक वर्षअघि धर्नाका क्रममा इमरान खानले चिनियाँ राष्ट्रपतिको भ्रमण रद्द गरेका थिए। अब साउदी अरेबियाका युवराज र प्रधानमन्त्रीको भ्रमण नोभेम्बर २१ मा धर्ना दिने घोषणाका कारण स्थगित भएको छ। उनी देशविरुद्धको एजेण्डामा काम गरिरहेका छन् ।

पाकिस्तानको विदेश कार्यालयले एक विज्ञप्ति जारी गर्दै साउदी अरबका युवराज मोहम्मद बिन सलमानको पाकिस्तान भ्रमणको मिति परिवर्तन गरिएको जनाएको छ । विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले साउदी युवराजको पाकिस्तान भ्रमणको लागि दुई देशले नयाँ मिति तय गर्ने बताइन्।

साउदी युवराज मोहम्मद बिन सलमानले नोभेम्बर २१ मा पाकिस्तानको भ्रमण गर्ने भएका छन् । यसैबीच, तहरीक-ए-इन्साफकी नेता शिरीन मजारीले तेहरिक-ए-इन्साफको लामो मार्चका कारण यात्रा रद्द नगरिएको बताइन्।

उनले भनिन्, “हामीले कसैलाई धम्की दिएका छैनौं। हरेक लोकतन्त्रमा विरोध प्रदर्शन हुन्छ। यो बहाना मूर्खता हो। इमरान खानको मोहम्मद बिन सलमानसँग धेरै राम्रो सम्बन्ध छ।”

भारतका लागि पाकिस्तानका पूर्व राजदूत अब्दुल बासितले भने – आन्तरिक अवस्थाका कारण विदेश सम्बन्ध प्रभावित भएको प्रस्टै देखिन्छ ।

उनले ट्विट गर्दै भने, “यो आन्तरिक अवस्थाले विदेश सम्बन्धलाई असर गर्ने प्रष्ट मामला हो। यो भ्रमण धेरै महत्त्वपूर्ण थियो। यो भ्रमण चाँडै नै पुन: तालिका भएको मैले देखेको छैन। यो राम्रो संकेत होइन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *