आरआरआरको सिक्वेल बन्ने, निर्देशक राजामौलीले गरे पुष्टी

डिसी नेपाल
२७ कार्तिक २०७९ १६:२७
136
Shares

काठमाडौं । जुनियर एनटीआर र राम चरण स्टारर प्यान इन्डिया फिल्म आरआरआरले विश्वव्यापी चर्चा सिर्जना गरेको छ। पहिलो भागको सफलता देखेर एसएस राजामौलीले फिल्मको सिक्वेल बनाउने पक्का गरेका छन् ।

उनले फिल्मसँग सम्बन्धित योजनाहरू साझा गरेका छैनन्, तर फ्यानहरूलाई संकेत गरेका छन् कि उनी आरआरआर २ बनाउने योजनामा ​​छन्।

वास्तवमा आजकल ओस्कर अभियान सुरु भएको छ। जसका कारण निर्देशक राजामौली हाल अमेरिकामा आरआरआरको धेरै स्क्रिनिङ कार्यक्रममा सहभागी भइरहेका छन् ।

यस अवसरमा उनलाई सोधियो कि के उनी आरआरआरको सिक्वेल बनाउने सोचमा छन् ? यसबारे निर्देशकले भने– मेरा सबै फिल्मका लेखक मेरा बुबा हुनुहुन्छ । हामीले आरआरआर २ को बारेमा थोरै छलफल गरेका छौं र उहाँले अझै कथामा काम गरिरहनुभएको छ ।

आरआरआरले ठूलो पर्दामा तहल्का मच्चाएपछि, फ्यानहरू अब राजामौलीले जतिसक्दो चाँडो यसको सिक्वेल बनाउन् र कथालाई अगाडि बढाउन् भन्ने चाहन्छन्।

यसबाहेक सिनेमा प्रेमीहरू रामचरण र जुनियर एनटीआरलाई फेरि एकसाथ हेर्न चाहन्छन्। यस्तो अवस्थामा फिल्मको दोस्रो पार्ट बन्यो भने फ्यानका लागि कुनै ट्रीटभन्दा कम हुनेछैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.