चरम खाद्यान्न संकटको चपेटामा अफगानिस्तान
काबुल। अफगानिस्तानमा चरम खाद्यान्न अभाव भएको र सन् २०२२ मा खाद्य असुरक्षा तीव्र बढेको छ, संयुक्तराष्ट्रको खाद्य र कृषि संगठन (एफओए)ले जनाएको छ। एफओएले एक प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
लामो समयसम्मको खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीले २ करोड २८ लाख अफगानीलाई असर गरेको प्रतिवदेनमा उल्लेख छ। ‘ विस्तारित खडेरी, द्वन्द्व, राजनीतिक अस्थिरताले २ करोड २८ लाख मानिस प्रभावित छन्’, प्रतिवेदनमा भनिएको छ।
त्यस्तै, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले पनि अफगानिस्तानको आर्थिक संकटबारे चासो देखाएको छ । एक वर्षको आर्थिक कठिनाइ, भूकम्प र बाढी जस्ता वातावरणीय प्रकोपहरूको सामना गरिसकेपछि अफगानी जनता अर्को कठोर जाडो मौसमको लागि पहिलेभन्दा कम तयार रहेको डब्लूएफपीले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
हरेक १० मध्ये ९ घरपरिवारले आफ्नो खाद्यान्न आवश्यकताहरू पूरा गर्न नसकेको पनि डब्लूएफपीले जनाएको छ। जनता चार दशक लामो द्वन्द्व, जलवायु जोखिम, कोभिड–१९लगायतका समस्याबाट गुज्रिरहेको अफगानिस्ता पछिल्ला वर्ष रोजगारी र जीविकोपार्जनबाट वञ्चित भएको डब्लूएफपीले जनाएको छ।
१५ महिनाअघि तालिवानको सत्तापलटपछि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायले काबुललाई प्रदान गर्दै आएको सहयोग रोक्का गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment