विश्वकपमा पाकिस्तान हारेपछि भारतमा विद्यार्थीहरूबीच कुटाकुट

डिसी नेपाल
२८ कार्तिक २०७९ १०:२८
22.1k
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपको फाइनल खेल हेर्ने क्रममा पञ्जाबको मोगास्थित एक कलेजमा विद्यार्थीका दुई समूहबीच झडप भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान र इङ्ल्यान्डबीच भएको फाइनलमा इङ्ल्यान्डको जितपछि बिहार र कश्मीरका विद्यार्थीहरूको आपसमा भिडन्त भएको प्रहरी अधिकारीहरूले बताएका छन्। केही विद्यार्थीलाई सामान्य चोट लागेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

पीटीआईका अनुसार मोगाको निजी इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजका विद्यार्थीहरु सँगै बसेर खेल हेरिरहेका थिए । खेलमा पाकिस्तानको हारपछि बिहार र कश्मीरका विद्यार्थीहरूबीच बहस भएको थियो ।

केहीबेरमा झगडा कुटाकुटमा पुगेपछि दुवै समूहले एकअर्कालाई ढुंगा र इँटा प्रहार गरेको प्रहरीले जनाएको छ । अहिले कलेज प्रहरीको निगरानीमा रहेको र सम्पूर्ण घटनाको अनुसन्धान भइरहेको छ ।

विद्यार्थीबीच झडपका धेरै भिडियो भाइरल भएका छन् । जसमा विद्यार्थीले एकअर्कालाई इँटा र ढुंगा हानेको देख्न सकिन्छ ।

स्थानीय पुलिस स्टेशनका एसएचओ जसविंदर सिंहले एएनआईलाई भने, “लाला लाजपत राय कलेजमा विद्यार्थीहरूको दुई समूहबीच झडप भएको छ। दुवै समूहले एकअर्कामाथि ढुंगामुढा गरेका थिए । त्यहाँ कुनै नाराबाजीको रिपोर्ट छैन। ”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *