इस्तानबुल विस्फोट मामिलामा एक व्यक्ति पक्राउ, दुर्घटनामा छ जनाको मृत्यु
काठमाडौं । टर्की सरकारले इस्तानबुलको व्यस्त सडकमा आइतबार भएको विस्फोटपछि बम आक्रमणकारीलाई पक्राउ गरिएको जनाएको छ।
यस बम विष्फोटमा छ जनाको ज्यान गएको थियो भने कम्तीमा ५३ जना घाइते भएका थिए ।
इस्तानबुलका गभर्नर अली येर्लिकायाले स्थानीय समय अनुसार आइतबार साँझ ४ बजेर २० मिनेटमा इस्तिकलाल स्ट्रिटमा विस्फोट भएको बताए ।
विष्फोट हुँदा यस बजारमा पसल र पर्यटकको भीड थियो । यहाँ धेरै मानिसहरु आफ्नो परिवारसँग घुम्न आएका थिए ।
उपराष्ट्रपति फुआट ओक्टेले यसअघि विष्फोट एक महिलाले गराएको र यसलाई आतंकवादी हमला भएको दाबी गरेका थिए ।
न्याय मन्त्री बेकिर बोजडागले टर्की मिडियालाई भने कि विस्फोट हुनु केही समय अघि एक महिला ४० मिनेट भन्दा बढी समयसम्म उक्त क्षेत्रको बेन्चमा बसेकी थिइन्। यद्यपी यसको पुष्टि हुन सकेको छैन र यस विषयमा अनुसन्धान भइरहेको छ ।
घटनाको प्रतिक्रिया दिँदै राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीहरूलाई कडा सजाय दिइने बताए।
इस्तानबुलमा एक पत्रकार सम्मेलनमा बोल्दै एर्दोआनले आक्रमणको निन्दा गर्दै दुर्घटनाबाट “आतंकको गन्ध” आएको बताए।







डिसी नेपाल







Facebook Comment