धितोपत्र बजार : २१.२६ अंकले बढ्यो नेप्से
काठमाडौँ। साताको कारोबार दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २१.२६ अंकले बढेर १९०४.४३ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५० अङ्कले बढेर ३७५.०३ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२६ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट शीर्ष स्थानमा छ। यसको आज १० करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा न्याग्दी ग्रुप पावरको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटा उपसुचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा तारागाउँ रिजेन्सी होटल र सप्तकोशी डेभलपमेन्ट बैंकका लगनीकर्ताले अत्याधिक कमाएका छन्। भने, लक्ष्मी इक्युती फण्ड र न्याग्दी ग्रुप पावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment