कूटनीतिक नियोगलाई आयोगले गरायाे निर्वाचनबारे जानकारी
/fhb"t tyf s'6gLlts lgof]usf k|d'vx?nfO{ lgjf{rgaf/] hfgsf/L
g]kfnl:yt ljleGg d'n'ssf /fhb"t tyf s'6gLlts lgof]usf k|d'vnfO{ cfufdL dªl;/ $ ut] x'g] k|ltlglw;ef tyf k|b]z;ef ;b:o lgjf{rgaf/] ;f]daf/ lgjf{rg cfof]udf hfgsf/L u/fOFb} . tl:a/ M k|bLk/fh jGt÷/f;;
काठमाडौं । निर्वाचन आयोगले काठमाडौंँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराएको छ ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे भनाइ राख्दै उक्त प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पु¥याएको सहयोग र देखाएको सदायशताको प्रशंसा गर्नुभयो । प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने बताए ।
आयोगका आयुक्त, उच्च अधिकारी सहभागी कार्यक्रममा काठमाडौंँस्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिकोसमेत सहभागिता रहेको थियो । कार्यक्रममा आयोगका उपसचिव एवं योजना, अनुगमन तथा वैदेशिकसम्बन्ध शाखाका प्रमुख कमल भट्टराइले निर्वाचनसम्बन्धी विविध जानकारीको प्रस्तुतिकरण गरेका थिए ।







डिसी नेपाल








Facebook Comment