दिनमा १० पटक शारीरिक सम्बन्धको माग गरेपछि रिसाएकी प्रेमिकाले १० अर्ब रूपैयाँ क्षतिपूर्ति मागिन्
काठमाडौं । एउटी मोडलले आफ्ना ८४ वर्षीय प्रेमीविरुद्ध मोटो क्षतिपूर्तिको माग गर्दै धेरै आरोपसहित मुद्दा हालेकी छिन् । मोडलले बताइन् कि प्रेमीले उनलाई पहिले मोडलिङ करियर छोड्न मनाए, त्यसपछि दुबै एउटा घरमा सरेका थिए। महिलाको दाबी छ कि प्रेमीले कहिलेकाहीँ उनीसँग दिनमा १० पटकसम्म शारीसिक सम्बन्ध राख्न माग गर्थे। उक्त मुद्दामा मोडलले व्यक्तिसँग १० अर्ब रुपैयाँ (८० मिलियन डलर) क्षतिपूर्ति मागेकी छिन् ।
कुरा बेलायतको हो । ६८ वर्षीया महिला मोडल जेनेट बेडिनले प्रेमी भिटो भर्नीमाथि धेरै आरोप लगाएकी छिन् । महिलाले म्यानहट्टन सर्वोच्च अदालतमा उजुरी दिएकी छिन् । अदालतमा परेको उजुरीलाई उद्धृत गर्दै न्युयोर्क पोस्टले जनाएअनुसार अनुसार यी जोडी सन् २०१९ को सुरुदेखि २०२१ को अन्त्यसम्म चेल्सीमा सँगै बसेका थिए । यस क्रममा उनले धेरै समस्याको सामना गर्नु परेको छ । बेडिनले यस मामिलामा भर्नीसँग ८ करोड डलर क्षतिपूर्ति माग गरेकी छन् ।
बेडिनले भर्नीलाई मानहानि, जालसाजी, उत्पीडन र अवैध निष्कासनको आरोप लगाएकी छिन् । अदालतमा पेश भएका कागजपत्रबाट यो मुद्दा सफल महिलालाई माया र विलासिताको आश्वासन दिएर ठगी गरेको मुद्दा हो भन्ने बुझिन्छ । पुरुषले महिलासँग गरेको वाचा पूरा गर्न सकेनन्। मोडलले यो पनि दावी गरेकी छिन् कि भर्नीले घरको सबै काम उनलाई गराएका थिए ।
उजुरीका अनुसार बेडिन र भर्नी दशकौंदेखि एकअर्कालाई डेट गर्दै आएका थिए। १९७६ मा, २१ वर्षीया बेडिन मोडलिङ र अभिनयमा करियर खोज्न रकफोर्डबाट न्यूयोर्क शहरमा सरिन्। उनी प्रसिद्ध मोडलिङ एजेन्सी विल्हेल्मिनाका लागि मोडल बनिन्। त्यसपछि उनले व्यवसाय विकास कार्यकारीको रूपमा काम गर्न थालिन् । भर्नीले त्यही वर्ष बेडिनसँग पहिलो भेट गरेका थिए। त्यतिबेला भर्नी ३८ वर्षका थिए र बेडिन एउटा घरमा भाडामा बस्दै आएकी थिइन्।
यो समयमा भर्नी र बेडिनको सम्बन्ध सुरु भयो। भर्ने कुनै न कुनै बहानामा बेडिनको घरमा आउने गर्दथे । बेडिनले पनि धेरै पटक भर्नीसँग ब्रेकअप गरेकी थिइन् । तर विवाहित भए पनि, बेडिनले भर्नीलाई भेट्न जारी राखिन् ।
२०१८ को अन्तमा आफ्नी श्रीमतीको मृत्यु पछि भर्नीले फेरि बेडिनलाई सम्पर्क गरे। उनले बेडिनसँग सम्बन्धको लागि सोधे। भर्नीले बेडिनलाई न्यूयोर्क छोडेर उनीसँगै बस्न निम्तो दिए। उनलाई जागिर छोड्न भनियो र बदलामा धेरै वाचा गरे। भर्नीले बेदिनको भाइको खर्च तिर्न र बेडिनलाई भव्य जीवन दिने वाचा गरेको आरोप लगाइएको छ।
तर बेडिन वार्नीसँग बस्न आएपछि सम्बन्ध पूर्ण रूपमा परिवर्तन भयो। बेडिनले आरोप लगाएकी छिन् कि भर्नी अरूलाई नियन्त्रणमा राख्ने स्वभावको बने र मौखिक र शारीरिक रूपमा दुर्व्यवहार गर्न थाले।
बेडिनको आरोपमा भर्नीका वकिल एरिक ग्रेसनले भने– बेडिनले निराधार आरोप लगाएकी छन् । उनले भर्नीलाई समस्यामा पार्ने अर्को प्रयास गरिरहेकी छिन्। बेडिनले गत महिना वेस्टचेस्टर काउन्टी सर्वोच्च अदालतमा यस्तै उजुरी दायर गरेकी थिइन् । यसलाई न्यायमूर्ति जुकरम्यानले पूर्ण रूपमा खारेज गरे।







डिसी नेपाल







Facebook Comment