जेलेन्स्की पुगे खेरसन, भने-युक्रेन अगाडि बढिरहेको छ
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार खेरसन आइपुगेका छन्। उनले त्यहाँ सैनिकहरूसँग भेट गरे र युक्रेन “अगाडि बढ्दै” र शान्तिको लागि तयार रहेको बताए।
जेलेन्स्कीले नाटो र अन्य मित्र राष्ट्रहरूलाई धन्यवाद दिए। उनले भने कि अमेरिकाको हाई मोबिलिटी रकेट सिस्टमले उनलाई धेरै मद्दत गरेको छ ।
खेरसनलाई रुसले मार्चमा कब्जा गरेको थियो, तर त्यही महिनामा युक्रेनी सेनाले उक्त क्षेत्र पुनः कब्जा गर्यो र रुसले पछि हट्नुपर्यो।
त्यसयता उक्त क्षेत्रका जनताले सडकमा उत्सव मनाउने तस्बिरहरु सार्वजनिक भइरहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment