संसारकै सबैभन्दा सुन्दर पुलिस अफिसरलाई जागिर छोडेर मोडल बन्ने चाहना छैन
काठमाडौं । आफ्नो सौन्दर्यका कारण सामाजिक सञ्जालमा चर्चामा रहेकी एक महिला प्रहरी अधिकृतले जनताको सेवा र सुरक्षा गर्न पाउनु आफ्नो लागि सम्मान भएको बताएकी छन् । सामाजिक सञ्जालमा महिला प्रहरी अधिकृतलाई मानिसहरुले ‘विश्वको सबैभन्दा सुन्दर महिला प्रहरी अफिसर’ को ट्याग दिइरहेका छन् । यसका बाबजुद पनि महिला अफिसरले आफू प्रहरीको जागिर छोडेर मोडल वा अनलाइन इन्फ्लुएन्सर बन्न नचाहेको बताउँछिन् ।
यी महिला पुलिस अफिसरको नाम डायना रामिरेज हो। उनी कोलम्बिया प्रहरीमा काम गर्छिन्। उनी अक्सर मेडेलिनको सडकमा गस्ती गरिरहेको देखिन्छ। मेडेलिनलाई कुनै समय संसारको सबैभन्दा खतरनाक शहर भनिन्थ्यो। डायनाले भनिन्, ‘यदि मैले फेरि करियर रोज्ने मौका पाएँ भने म फेरि पुलिस अफिसर बन्नेछु । किनकी आज म जे छु त्यसैको कारणले हो ।’

डायना इन्फ्लुएन्सर बन्न प्रहरीको जागिर छोड्न चाहँदिनन्। तर, यसका बाबजुद पनि उनी सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । इन्स्टाग्राममा उनका करिब ४ लाख फलोअर्स छन् । उनी फ्यानसँग फोटो र भिडियो शेयर गरिरहेकी छिन् । उनी इन्स्टाग्राममा पनि युनिफर्ममा पोज दिएकी देखिन्छिन् ।
डायना हालै इन्स्टाफेस्ट अवार्डका लागि मनोनित भएकी छिन् । यो पुरस्कार वर्षको उत्कृष्ट प्रहरी वा सैन्य इन्फ्लुएन्सरलाई दिइनेछ। यसको उद्देश्य डिजिटल सामग्री सिर्जना गरेर ठूलो श्रोतामा पुग्ने यस्ता पेशेवरहरूलाई प्रोत्साहित गर्नु हो।

डायनाले भनिन्, ‘नोमिनेशन मार्फत प्रहरी बलको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो । म धेरै खुसी छु किनभने सोशल मिडियाले सबैको काम र समर्पण देखाउँछ, यो दिनहुँ काम गर्ने र राम्रो देश बनाउन योगदान गर्ने मानिसहरूको लागि हो।’
डायनाको हरेक पोस्टमा सयौं मानिस उनको सुन्दरताको तारिफ गरिरहेका देखिन्छन् । एक प्रयोगकर्ताले लेखे– संसारकै सबैभन्दा सुन्दर महिला पुलिस अफिसर । अर्कोले लेखे- अद्भूत सौन्दर्य…। तर, धेरैले महिलालाई पुलिस अफिसर भएको भन्दै प्रशंसा गरेको पनि देखियो । एकजनाले लेखे – प्रभावकारी, समर्पित, भावुक र सुन्दर, तपाई थप के चाहनुहुन्छ?







डिसी नेपाल







Facebook Comment