सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौँ। साताको कारोबारको चौथो दिन नेपाली बजारमा सुन मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले घटेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
Facebook Comment