पोल्याण्डमा खसेको मिसाइल युक्रेनले प्रहार गरेको थियो

डिसी नेपाल
३० कार्तिक २०७९ १२:५७
1.3k
Shares

काठमाडौं । एसोसिएटेड प्रेस एजेन्सीको एक रिपोर्टले तीन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार पोल्याण्डमा खसेको रुसी मिसाइल युक्रेनबाट खसालिएको जनाएको छ।

यस विषयमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका अधिकारीहरूले नाम न छाप्ने सर्तमा एपीलाई भने। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डमा खसेको क्षेप्यास्त्र रुसले प्रक्षेपण गरेको हुनु ‘सम्भव’ नरहेको बताएका थिए ।

मंगलबार दिउँसो ३.४० बजे पोल्याण्डको भूभागमा ‘रुसी क्षेप्यास्त्र’ खसेको थियो, जसका कारण सेरेवोडो गाउँमा दुई जनाको मृत्यु भएको थियो ।

पोल्याण्डले क्षेप्यास्त्र कसले प्रक्षेपण गरेको हो भन्ने बारे कुनै “निर्णायक प्रमाण” नभएको बताएको छ। यो क्षेप्यास्त्र पक्कै रुसी भएपनि दुबै पक्षले युद्धमा रुसी युद्ध सामग्री प्रयोग गरेका छन् ।

पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता लुकाज जसिनाले पोल्याण्डका लागि रुसी राजदूतलाई घटनाबारे “तत्काल विस्तृत स्पष्टीकरण” दिन बोलाइएको बताए।

सेरेभोडो गाउँ युक्रेन र पोल्याण्डको सिमानामा अवस्थित छ र लिभ शहरको उत्तरमा अवस्थित छ।

रुसले आक्रमणको खण्डन गरेको छ र रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “रुसले युक्रेनी-पोलिश राज्य सीमा नजिकका लक्ष्यहरूमा कुनै आक्रमण गरेको छैन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *