विमानबाट खसे सेनाका जवान, भाग्यवश ज्यान बच्यो
काठमाडौं । तालिमको क्रममा एक सैनिक विमानबाट भुइँमा खसेका थिए । यस क्रममा उनको प्यारासुट खुल्न सकेको थिएन । १६ सय फिटको उचाइबाट खसे पनि सिपाहीको ज्यान चमत्कारिक ढंगले बचेको छ । उक्त घटनाको भिडियो सार्वजनिक भएको छ जसमा तालिमको क्रममा प्यारासुट अल्झिएको देखिन्छ ।
यो घटना इन्डोनेसियाको हो । डेली मेलको रिपोर्ट अनुसार, सैनिक सलमान क्रिसनेस इन्डोनेसियाको ओरेन्ज बेरेट्सका सदस्य हुन्। नोभेम्बर ८ मा सलमान इन्डोनेसियाको राजधानी जकार्ताको पूर्वमा रहेको सुलेमान एयरबेसमा प्रशिक्षण अभ्यासमा सहभागी भइरहेका बेला उक्त घटना भएको थियो ।
Peterjun TNI an. Prada Salman Krisnes Sinaga gagal mengembangkan parasut saat melaksanakan penerjunan taktis.
Prada Salman mengalami Fraktur Belakang Pinggang sebelah kanan dan dirujuk ke Rumah Sakit Salamun.
Lokasi : Landasan Lanud Sulaiman.
Selasa, 8/11/22. pic.twitter.com/46EZubZ5Ev— Aki Sukidi (@AkiSukidi2) November 9, 2022
भिडियोमा सलमानले कम उचाइमा उडिरहेको हर्कुलस सी-१३० बाट ट्रेनिङ जम्प अन्तर्गत हाम फालेको देखिन्छ । भिडियोमा उनीसँगै अन्य सैनिक पनि हाम फालेको देखिन्छ । सैनिक सलमानको प्यारासुट खुल्न सकेन । उनी भुइँमा खसे । सलमानको शरीरको पछाडिको भागमा चोट लागेको छ, उनी अस्पतालमा भर्ना छन् र उनको उपचार भइरहेको छ ।
सैनिकको अवस्था स्थिर रहेको क्विक रियाक्सन फोर्सका प्रवक्ता कर्णेल गुणवानले बताएका छन् । उनले भने- ‘हाम्रा एक सिपाहीले विमानबाट हाम फालेपछि आफ्नो प्यारासुट खोल्न सकेनन्, प्यारासुटको डोरी अल्झियो। जसका कारण उनी घाइते भएका छन् र उनको उपचार भइरहेको छ । उनको अवस्था अहिले स्थिर रहेको छ ।
इन्डोनेसियाको द्रुत प्रतिक्रिया बल कोपसगाट भनेर चिनिने इन्डोनेसियाली वायुसेनाको एक विशिष्ट इकाई हो। यो एकाइलाई ‘ओरेन्ज बेरेट्स’ पनि भनिन्छ। यो टोली सामान्यतया आतंकवाद विरोधी अभियानमा भाग लिन्छ। यो इकाईले विमान अपहरण, गुप्तचर सञ्चालनमा पनि भाग लिन्छ।







डिसी नेपाल







Facebook Comment