कानमा इयरबड अड्किएको पाँच वर्षसम्म थाहा थिएन

डिसी नेपाल
३० कार्तिक २०७९ १६:५४
392
Shares

काठमाडौं । इङल्याण्डका विलिस लीको कानमा पछिल्लो पाँच वर्षदेखि इयरबड अड्किएको थियो । अहिले त्यसलाई निकालेपछि उनले राहत महसुस गरेका छन् ।

विलिस ली, रोयल नेवीमा सेवा गर्छन्। पाँच वर्षअघि विलिस आफ्नो परिवारलाई भेट्न अष्ट्रेलिया जाँदै थिए । हवाई यात्राको क्रममा उनले हवाईजहाजको कोलाहलबाट बच्न कानमा इयरबड राखे र यात्रापछि निकाल्न बिर्से ।

त्यसपछि उनले कम सुन्न थाले तर लामो समयसम्म उड्डयन उद्योगमा काम गरेकाले स्पष्ट रूपमा सुन्न नसकेको वा समयसँगै श्रवण क्षमता घट्दै गएको उनलाई लाग्यो ।

युवावस्थामा रग्बी खेल्दा आफ्नो कानमा चोट लागेको कुराले पनि यस्तो भएको हुन सक्ने विलिस लीलाई लाग्यप । उनले सोचे कि त्यही चोटका कारण उनलाई सुन्न गाह्रो भइरहेको छ ।

तर एक दिन उनले एन्डोस्कोप किट किने र घरमा कान जाँच गरे। त्यसपछि उसले आफ्नो कानमा केही सेतो चिज अड्किएको देखे । यसपछि उनले डाक्टरलाई सम्पर्क गरेर निकाले ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *