व्यंग्य : सूर्जे थापालाई नाङ्गो पार्ने भेलुबाजेको भ्याल्यू

अर्जुन दाहाल
३० कार्तिक २०७९ १९:०२
804
Shares

चुनाव आयो। जनताको बुद्धि पुगे चुनाव सही नेता छान्ने अवसर हो भने बुद्धि नपुगे देश डुबाउन लाइसेन्स दिने एउटा अशुभ दिन पनि हो।

धेरैका लागि त चुनाव पर्व पनि हो। ठूलाबढासँग भेट्घाट हुने, मासु भात खाइने, गाडी चढेर विभिन्न ठाउँमा जान पाइने, उस्तै परे एक दुई जोर लुगा लाइने, नमस्कारका नमस्कार थापिने। यो भन्दा रमाइलो चाड कुन होला र?

यस्तो रमाइलो गर्न गराउनको निम्ति ओली बा अलिक दानी भएकाले झन्डै दुई बर्ष पहिला नै बल गरेका थिए तर असत्ती परमादेशले सुनामी ल्याइदियो। हुन त त्यो सही समय थिएन नै।

संबिधानका धारा, खोल्सा बिर्सने हो भने पनि सही समय थिएन। प्रचण्डले डेरा भेटेका थिएनन्, बिना ढेउवा टिकट पाइन्नथ्यो, मुख्य कुरा त भेलु बाजे भाइरल भैसकेका थिएनन्।

प्रेस सल्लाहकार हुँदा बहुत दुःख गरेर कमाएको दुई हजार रुपैयाँ यिनै भ्याल्यू बाजेले झ्वाम पार्देछन्। जुन टपरीमा खाए, त्यही टपरीमा यी बाजेले बिसर्जन गर्दिए पछि अनुहारमा कहिलै सूर्यको प्रकाश नपरेको सुर्जे थापालाई मात्र गन्हाएन, दुर्गन्ध फुलमाला लागाएर बिश्वभर पुग्यो।

त्यसैले चुनावको सही समय अहिले नै हो भन्ने नुन चिनी पानीको ठहर छ। नत्र सूर्जेले भेलुलाई दुई हजार र माला लागएको दिन हेर्न कहाँ पाइन्थ्यो र फूलका माला लाई लाई दुई हजारमा बोल्न लगाएको रोचक तर लोकतन्त्रको लागि भने दुखद दृष्य कहाँ देख्न पाइन्थ्यो र!

गाउँ ठाउँको झर्रो भाषा बोलेर चर्चामा आएका भेलु बाजे छाडा भाषाका पनि बिज्ञ नै हुन्। टिकटकमा सबैभन्दा बढी बिक्ने अश्लील शब्दका प्रबर्तक भेलुबाजेले अहिले तराजुमा राख्ने हो भने कर्कस बोलीका प्रबर्तक सूर्य थापाभन्दा पल्ला भारी बनाएका छन्।

भेलु बाजेको क्रेजलाई क्याँस गरेर टिकिट्याँसट्याँस पर्ने योजना बनाएका सुर्जे थापालाई न्यानो थाँग्नामा, त्यही सुर्जेको तापमा सुकाइदिए भेलु बाजेले। उनी अहिले भेलु बाजे भन्दा पनि भ्याल्यू बाजे भएका छन्।

प्रेस सल्लाहकार हुँदा बहुत दुःख गरेर कमाएको दुई हजार रुपैयाँ यिनै भ्याल्यू बाजेले झ्वाम पार्देछन्। जुन टपरीमा खाए, त्यही टपरीमा यी बाजेले बिसर्जन गर्दिए पछि अनुहारमा कहिलै सूर्यको प्रकाश नपरेको सुर्जे थापालाई मात्र गन्हाएन, दुर्गन्ध फुलमाला लागाएर बिश्वभर पुग्यो।

यो घटनापछि दुई हजारमा आफूलाई किनेर भोट माग्न लगाएको भनिदिएर भेलुबाजेले सूर्जे थापालाई टन्टलापुर सूर्जे लागेकै बेला नाङ्गो परिदिएछन्। खुसीको कुरा यी थापाका कुरा थपलियाको थाप्लोसम्म पुगेको छैन, पुग्नेवाला पनि छैन।

कुनै दिन आफ्नो लामो नाकसँग अर्को लामो नाक जुधाउँदै ‘जनता हान्न चाहन्छन्’ कार्यक्रममा सुर्जे थापाले भन्ने छन्, ‘त्यो भेलु बाजे प्रचन्नको सुराकी हो। मैले खान दिएको टपरीमा सु मात्र गरेन गु नै पस्केर गयो। ममाथि घोर अन्याय भएको छ। हाम्रो सरकार आएपछि यसको छानबीन हुनेछ, कार्वाही हुनेछ।’

भेलु बाजेको अश्लील भाषालाई पन्छाउने हो भने नागरिक अभिनन्दन हुने काम गरेका छन्। आफ्नो मात्र हैन जनताको भ्याल्यु बढाएका छन्। पैसा दिएर भोट् किन्ने सुर्जेहरुलाई नंग्याइदिएका छन्। यस्ता सूर्जे हरेक पार्टीमा मात्र हैन स्वतन्त्रको भेषमा पनि भेटिन्छन्।

शरीरभरि काँडैकाँडा भएका पुष्प (फूल) कमलले अब भेलु बाजेको गृह जिल्ला पुगेर गृहमन्त्रीको आश्वासन दिने छन्। प्र म, मु म थुप्रैलाई बाँडिसकेका काँडाकमलले भेलु बाजेलाई गृहमन्त्री दिएर उन्को भ्याल्यू झन् बढाइदिने छन्। नुन चिनी पानी ढुक्क छ।

अन्त्यमा , पैसा मासुभात जस्को खाए पनि भोट् सही उम्मेदवारलाई हालेर भेलु बाजेले जस्तै आफ्नो भ्याल्यू बढाउनुस्। जनहीतमा जारी नुन चिनी पानीको अनुरोध।

नोट- लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *