गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

डिसी नेपाल
१ मंसिर २०७९ ८:४५
380
Shares

बाली। चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएका छन्।

जी २० शिखर सम्मेलनको साइडलाइन भेटमा राष्ट्रपति सीले क्यानडाका प्रधानमन्त्रीमा “इमानदारी“ को कमी भएको आरोप लगाए। राष्ट्रपति सीले  कथित चिनियाँ जासुसी र क्यानाडाको चुनावमा हस्तक्षेपबारे क्यानडाको दाबीलाई संकेत गर्दै थिए। दुई नेताबीच धेरै समयपछि पहिलो पटक भेट भएको थियो।

पत्रकारहरूले खिचेको फुटेजमा विश्व नेताहरूको भेलामा राष्ट्रपति सी र ट्रुडो एकअर्काको नजिक उभिएको र अनुवादकमार्फत कुराकानी गरिरहेको देख्न सकिन्छ।

“हामीले छलफल गरेका सबै कुरा चुहावट भएको छ र त्यो उपयुक्त छैन”, चिनियाँ नेताले  ट्रुडोलाई भने। सीको भनाइ सुनेपछि मुस्कुराउँदै क्यानाडाली प्रधानमन्त्रीले जवाफ दिँदै भने, “क्यानडामा हामी स्वतन्त्र, खुला र स्पष्ट संवादमा विश्वास गर्छौं र हामीले जारी राख्नेछौं।”  ट्रुडोले आफ्नो भनाई सक्नुअघि नै सी उनीसँग हात मिलाएर हिडेका थिए।

दुई नेताबीचको भेटले चीन र क्यानडाबीचको तनावलाई प्रकाश पारेको छ। सन् २०१८ मा हुवावे टेक्नोलोजीका कार्यकारी मेङ वान्झाउलाई को हिरासत र र त्यसको बदलामा बेइजिङले दुई क्यानेडियनहरूलाई जासुसीको आरोपमा पक्राउ गरेपछि दुई देशबीको तनाब बढेको थियो । पछि तीनै जना रिहा भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *