पोल्याण्डमा ‘जानीबुझी’ मिसाइल प्रहार गरिएको होइन – पोल्याण्डका राष्ट्रपति

डिसी नेपाल
१ मंसिर २०७९ १०:३५
184
Shares

काठमाडौं । पोल्याण्डमा मिसाइल खसेको घटनामा पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडाले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले पोल्यान्डको गाउँमा खसेको मिसाइल जानाजानी हमला भएको कुनै सङ्केत नभएको बरु घटना ‘दुर्भाग्यपूर्ण’ भएको बताए ।

पत्रकारहरूसँग कुरा गर्दै उनले यो मिसाइल युक्रेनको पक्षबाट खसेको धेरै सम्भावना रहेको बताए ।

यसअघि एसोसिएटेड प्रेस एजेन्सीको एक रिपोर्टले तीन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार पोल्याण्डमा खसेको रुसी मिसाइल युक्रेनबाट खसालिएको जनाएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डमा खसेको मिसाइल रुसले प्रक्षेपण गरेको हुनसक्ने ‘सम्भव’ नभएको बताएका थिए ।

बेल्जियमका रक्षामन्त्री लुडिभिन डेडोन्डरले पनि गएराति पोल्याण्डमा भएको विस्फोटको लागि युक्रेनी सेनालाई औंल्याएका छन्। तर, पुष्टि हुन बाँकी रहेको उनले बताए ।

एसोसिएटेड प्रेस एजेन्सीको एक रिपोर्टले तीन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार पोल्याण्डमा खसेको रुसी मिसाइल युक्रेनबाट खसालिएको जनाएको छ।

यस विषयमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका अधिकारीहरूले नाम न छाप्ने सर्तमा एपीलाई भने। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डमा खसेको क्षेप्यास्त्र रुसले प्रक्षेपण गरेको ‘असम्भव’ रहेको बताएका थिए ।

मंगलबार दिउँसो ३.४० बजे पोल्याण्डको क्षेत्रमा ‘मिसाइल’ खसेको थियो, जसका कारण सेरेवोडो गाउँमा दुई जनाको मृत्यु भएको थियो ।

सेरेभोडो गाउँ युक्रेन र पोल्याण्डको सिमानामा अवस्थित छ र लिभ शहरको उत्तरमा अवस्थित छ। पोल्याण्डले क्षेप्यास्त्र कसले प्रक्षेपण गरेको हो भन्ने बारे कुनै “निर्णायक प्रमाण” नभएको बताएको छ

रुसले आक्रमणको खण्डन गरेको छ र रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “रुसले युक्रेनी-पोलिश राज्य सीमा नजिकका लक्ष्यहरूमा कुनै आक्रमण गरेको छैन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *