अमेरिकामा क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्नेलाई आजिबन कैद

डिसी नेपाल
१ मंसिर २०७९ ११:०५
180
Shares

न्युयोर्क। अमेरिकाको विस्कन्सिन राज्यका एक न्यायाधीशले गत वर्ष क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्ने र ६२ जनालाई घाइते बनाउने एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएकी छिन्।

अभियोजकहरूले तर्क गरेपछि ड्यारेल ब्रुक्सलाई गत महिना एक निर्णायक मण्डलले ‘मानव जीवनको पूर्ण अवहेलना’ गरेको देखाएको थियो।

अदालतले सजायको क्रममा दर्जनौं जीवित र पीडितका परिवारबाट भावनात्मक बयान पनि सुनेको थियो। चार–हप्ताको मुद्दाको सुनुवाईमा उनले अदालतको कार्यवाहीमा बाधा पुर्‍याएका थिए।

बुधबार आफ्नो सजाय सुनाउँदै न्यायाधीश जेनिफर डोरोले ब्रुक्सले ‘खराब बाटो’ रोजेको बताइन्। उनले ब्रुक्सलाई ६ वटा आजीवन कारावासको सजाय दिन आदेश दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *