जम्मु काश्मिरमा ट्याक्सी खाल्डोमा खस्यो, आठ जनाको मृत्यु

डिसी नेपाल
१ मंसिर २०७९ ११:११
12
Shares

काठमाडौं । जम्मू कश्मीरको किश्तवार जिल्लामा बुधबार एउटा ट्याक्सी सडकबाट चिप्लिएर खाल्डोमा खस्दा आठ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, किश्तवाडका उपायुक्त देवांश यादवले भने कि प्रारम्भिक अनुसन्धानमा आठ जना व्यक्ति निजी ट्याक्सीमा यात्रा गरिरहेका थिए।

उनले भने, “दुर्घटनामा सवार सबैको मृत्यु भएको छ। आठ जनाको शव निकालिएको छ।”

जम्मू कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सहयोग गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *