पोल्याण्डमा खसेको मिसाइललाई लिएर अमेरिका र युक्रेनबीच मतभेद, अब जेलेन्स्कीले के भने ?

डिसी नेपाल
१ मंसिर २०७९ १३:२९
1.3k
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डमा क्षेप्यास्त्र खसालेको विषयमा पश्चिमी देशहरूको अडानभन्दा फरक वक्तव्य दिएका छन् । उनले यो मिसाइल खसेकोमा आफ्नो देशको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जिम्मेवार नभएको बताए ।

गत बुधबार, युक्रेनमा रसियाली मिसाइल आक्रमणको बीचमा, एक मिसाइल पोल्याण्डको सीमामा खसेको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो। पोल्याण्ड पश्चिमी देशहरूको सैन्य संगठन नेटोको सदस्य राष्ट्र हो, जसका कारण बुधवार अचानक परिस्थिति अत्यन्तै संवेदनशील बन्यो।

यो खबर आएपछि जी-७ देशका नेताहरूले बालीमै यस विषयमा आपतकालीन बैठक गरेका थिए । सुरुमा यो क्षेप्यास्त्र रुसी भएको खबर आएको थियो । तर रुसले पनि यस विषयमा कडा प्रतिक्रिया दिँदै यस विषयमा कुनै जिम्मेवारी लिन अस्वीकार गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने यो मिसाइल रुसबाट नआएको हुनसक्ने बताएका छन् । दिउँसो, समाचार एजेन्सी एपीले एक अज्ञात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भन्यो कि यो मिसाइल युक्रेनबाट प्रहार गरिएको हुन सक्छ।

नेटो, पोल्याण्ड र अमेरिकाले पनि उक्त क्षेप्यास्त्र युक्रेनको वायु रक्षा मिसाइलसँग जोडिएको हुनसक्ने विश्वास व्यक्त गरेका छन्। तर जेलेन्स्कीले यस विषयमा पश्चिमी देशको अडानभन्दा फरक बयान दिएका छन् ।

उनले पोल्याण्डमा दुई जनाको ज्यान लिने मिसाइल युक्रेनी वायु रक्षा प्रणालीसँग नजोडिएकोमा आफूलाई कुनै शंका नभएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *