राहदानी बनाउने विषयमा सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गर्नेलाई कारबाही गर्न माग

डिसी नेपाल
२ मंसिर २०७९ १६:३०
108
Shares

काठमाडौं । राहदानी विभागले राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ ।

शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्चालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साईबरहरूलाई समेत अनुसन्धान तथा कारवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साईबर ब्यूरोलाई अनुरोध गरेको जानकारी दिएको छ ।

राहदानी बनाउने सिलसिलामा विभिन्न बहानामा ठगी गरेको पाइएमा त्यसरी ठगी गर्नेहरूबारे यस विभाग वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन पनि आग्रह गरेको विभागले सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न विभाग सदैव प्रतिवद्ध रहेको जनाएको छ ।

‘राहदानी छिटो बनाइदिने, अप्वाइन्टमेन्ट डेट अगाडि सारिदिने जस्ता विभिन्न बहानामा सेवाग्राहीहरूलाई ठगी गर्ने बिचौलियाहरूलाई विभाग, नेपाल प्रहरी र सेवाग्राहीसमेतको संयुक्त प्रयासमा पहिचान गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाउने गरिएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ति


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *