इरानमा प्रदर्शनकारीहरूद्वारा सर्वोच्च नेता अयातोल्लाह खोमेनीको घरमा आक्रमण र आगजनी

डिसी नेपाल
३ मंसिर २०७९ १०:५४
28
Shares

काठमाडौं । इरानमा प्रदर्शनकारीहरूले इस्लामिक गणतन्त्रका संस्थापक अयातोल्लाह रुहोल्लाह खोमेनीको पुर्ख्यौली घरमा आगजनी गरेका छन्। सामाजिक सञ्जालमा शेयर गरिएका तस्विरहरूमा खोमेन सहरमा रहेको यस भवनको एक भागमा आगो लागेको स्पष्ट देख्न सकिन्छ ।

समाचार एजेन्सीहरूले भिडियोको स्थान पुष्टि गरेका छन्, यद्यपि क्षेत्रीय प्रशासनले कुनै पनि आक्रमणको खण्डन गरेको छ। यही घरमा अयातोल्लाह खोमेनीको जन्म भएको र अहिले यसलाई संग्रहालयमा परिणत गरिएको बताइएको छ ।

खोमेनी इरानको १९७९ इस्लामिक क्रान्तिको नेता थिए, जसले पश्चिम समर्थक नेता शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गरी इस्लामिक गणतन्त्रको सुरुवात गर्यो। उनी सन् १९८९ मा आफ्नो मृत्युसम्म इरानको सर्वोच्च नेता रहे। उनको निधनमा प्रत्येक वर्ष एकदिवसीय राष्ट्रिय शोक मनाइन्छ ।

सामाजिक सञ्जालमा खोमेनबाट आएको भिडियोमा दर्जनौं मानिस उत्साहका साथ नारा लगाइरहेको देख्न सकिन्छ। यी भिडियोहरू बिहीबार साँझको भएको एक कार्यकर्ता नेटवर्कले जनाएको छ । यद्यपि, खोमेनको प्रेस कार्यालयले कुनै पनि प्रकारको आक्रमणको खण्डन गरेको छ।

अर्ध-आधिकारिक तस्निम समाचार एजेन्सीले भनेको छ कि केही व्यक्तिहरू घरबाहिर भेला भएका थिए र पछि “घर पर्यटक र खोमेनी प्रशंसकहरूका लागि खुला छ” भनी घरको भिडियो साझा गरे।

एजेन्सीले भन्यो, “महान क्रान्तिका दिवंगत संस्थापकको घरको ढोका सर्वसाधारणका लागि खुला छ।” खोमेनीको पैतृक घरमा भएको आक्रमण इरानमा उनका उत्तराधिकारी अयातोल्लाह खोमेनी र उनको सरकार विरुद्ध भइरहेको विरोध र घटनाहरूको श्रृंखला हो।

हिजाबको नियम नमान्ने महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सर्वोच्च नेताको नेतृत्वमा रहेको सरकारविरुद्ध प्रदर्शन सुरु भएको हो । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हालैको भिडन्तमा बिहीबार पाँच सुरक्षाकर्मी मारिएका छन्। यसैबीच, सुरक्षा बलको गोली लागेर मारिएका इरानी युवाको शुक्रबार अन्तिम संस्कार गरिएको छ ।

दक्षिणपश्चिमी सहर इजेहमा नौ वर्षीय बालकको अन्त्येष्टिमा भेला भएका मानिसहरूले खामेनीविरुद्ध नारा लगाएका थिए। सुरक्षाकर्मीले आफ्नो बच्चालाई गोली हानेको परिवारको आरोप छ। यद्यपि प्रशासनले यसलाई अस्वीकार गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *