‘हेराफेरी ३’ बाट अक्षय कुमार बाहिरिएपछि परेश रावलले दिए यस्तो प्रतिक्रिया
काठमाडौं । ‘हेराफेरी ३’ बनाउने चर्चा उद्योगमा चर्को छ तर अचम्मको कुरा के छ भने अक्षय कुमारले यो फिल्मको अफर अस्वीकार गरेका छन् । अक्षयले एक अन्तर्वार्तामा आफूले यो फिल्म गर्न नमानेको बताए । निर्मातासँग रचनात्मक मतभेदका कारण फिल्मको प्रस्ताव अस्वीकार गरेको अभिनेताले बताए । अब अक्षय कुमारको स्थानमा कार्तिक आर्यन आउनेछन्, यो कुरा परेश रावलले पुष्टि गरेका छन् ।
जब सुनिल शेट्टीलाई अक्षयले फिल्ममा काम गर्न नमानेको थाहा भयइ तब उनी छक्क परे । उनले अक्षय बिना यो फिल्म बन्न नसक्ने बताए । कार्तिक र अक्षय दुवैको भूमिका रहनेछ । उनले निर्मातासँग बसेर यसबारे कुरा गर्नेछन् । अब परेश रावलले पनि यो विवादमा प्रतिक्रिया दिएका छन् । उनी त्यसले आफूलाई केही फरक नपर्ने बताउँछन् ।
हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा परेश रावलले भने ‘धेरै कलाकारले सिर्जनात्मक निर्णयबाट आफूलाई पछाडि राख्छन्, किनभने यो पूर्णतया निर्मातामा भर पर्छ। हेराफेरी ३ मा दर्शकले केही नयाँ पाउनेछन्। यो कसको निर्णय हो । उनीहरु यो चलचित्र मार्फत फिर्ता ल्याउन चाहन्छन् । व्यवसायिक भावनाका आधारमा कसलाई चलचित्र प्रस्ताव गर्ने भन्ने कुरा निर्माता, लेखक र निर्देशकको हो । म त्यो कुरामा सोच्दिन, मेरो कला मात्र हो तर फोकस गर्नमा विश्वास गर्छु । फिल्ममा को छ र को छैन भन्ने फरक पर्दैन।”
‘हेरा फेरी ३’ मा नयाँ अपडेटबाट अलि अप्ठ्यारोमा परेका छन्। सञ्चारमाध्यमसँगको कुराकानीमा उनले यो कुरा सुन्दा खुसी नभएको बताए । हामीले १४ वर्ष वनबासमा बितायौँ । त्यस पछि पनि अप्ठ्यारो पर्यो भने नराम्रो लाग्छ । बसेर कुरा गर्नुपर्छ । हामी सबै परिपक्व वयस्कहरू हौं र नम्रतापूर्वक कुरा गरेर कुराहरू मिलाउन सक्छौं।
सुनिल शेट्टीले थप भने, “म फिल्मप्रति प्रतिबद्ध छु र प्रतिबद्ध रहनेछु। अब के हुन्छ हेरौं। म उहाँसँग नोभेम्बर २० पछि कुरा गर्नेछु। जहाँसम्म मलाई थाहा छ, हामी तीनैजना फिल्मका लागि प्रतिबद्ध थियौं। म, अक्षय र परेश जी। कार्तिक आर्यनले राजुको भूमिका निभाइरहेका छैनन्। उनको क्यारेक्टर एकदमै फरक हुने छ जुन फिल्ममा देख्नुहुनेछ। फिल्मलाई लिएर म धेरै उत्साहित छु। हामी सबै छौँ। चाँडै म निर्माताहरूसँग कुरा गर्नेछु। र यस फिल्मको बारेमा थप अपडेटहरू दिइनेछ ।”







डिसी नेपाल







Facebook Comment