प्रजनन गर्न खोज्दा बाघले बघिनीलाई मार्यो !
काठमाडौं । प्रजनन गर्न खोज्दा बाघले बघिनीलाई मारेको छ । यो घटना बेलायतको नोस्ले सफारी पार्कमा सार्वजनिक भएको छ । घटना यति छिटो भयो कि सफारी पार्कका कर्मचारीले पनि केही गर्न सकेनन् ।
८ वर्षीय बाघ मिरोनको आक्रमणबाट १४ वर्षीया बघिनी सिन्डा घाइते भएकी थिइ । यसपछि बघिनीको मृत्यु भयो । यस सन्दर्भमा नोस्ले सफारीका प्रतिनिधिले साइबेरियन टाइगर सिन्डा १२ वर्षदेखि पार्कमा रहेको र यहाँका कर्मचारीले उसलाई धेरै मिस गर्ने बताए ।
साइबेरियन बाघको आयु १५ वर्ष हुन्छ, जबकि यस प्रजातिको बाघलाई खोर वा घेरामा राख्दा थप १० वर्ष बाँच्न सक्छ। प्रतिनिधिले भने कि मिरोन २०२० मा पार्कमा आएको थियो। यसअघि प्रजननका अवसरमा सिन्डासँग सजिलै घुलमिल हुन्थ्यो ।
बीबीसीको रिपोर्टमा भनिएको छ, जुन गतिका साथ यो घटना घट्यो, त्यो अवधिमा केही गर्न सकिएन । प्रजनन प्रक्रियामा विशेषज्ञ, पशु टोलीको उपस्थिति थियो। यस क्रममा प्रत्येक बाघको व्यवहारलाई पनि नजिकबाट नियालिएको छ । यसअघि यी दुई बाघबीच प्रजनन हुँदा बाघले त्यस्तो रिस देखाएन ।
विशेषज्ञहरु भन्छन् कि प्रजननको समयमा यस्ता घटनाहरु असामान्य छैन। तर पनि किन यस्तो भइरहेको छ ? बाघ किन हिंसक बन्छन् ? यसको कारण स्पष्ट छैन। सफारी पार्कले मिरोनले बाघलाई मारेको भए पनि यसको हेरचाह गर्नु पार्कको महत्वपूर्ण जिम्मेवारी रहेको बताएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment