घरमै हवाइजहाज बनाएर उडाउँदा दुर्घटना, पाइलटको मृत्यु

डिसी नेपाल
३ मंसिर २०७९ १४:४७
132
Shares

काठमाडौं । पाइलट रहेका एक व्यक्तिले आफ्नै घरमा विमान तयार गरे । तर उड्ने बित्तिकै विमान अचानक रुखमा ठोक्किएर दुर्घटनाग्रस्त भयो । पाइलटले यो विमान अमेरिकाको फ्लोरिडाको एयरपोर्टबाट उडाएका थिए । दुर्घटनापछि प्रहरी र आकस्मिक सेवा टोली घटनास्थलमा पुगेर पाइलटलाई अस्पताल लगिएको थियो । तर पाइलटको ज्यान भने बचाउन सकिएन ।

फ्लोरिडामा बस्ने ७३ वर्षीय पाइलट चार्ल्स अल्बानले एकल इन्जिन घरेलु विमान आफैं डिजाइन गरेका हुन् । चार्ल्स आफैं विमान उडाउँदै थिए। यस मामिलामा भोलुसिया काउन्टी सेरिफको कार्यालयको बयान पनि बाहिर आएको छ, ‘विमान उड्ने बित्तिकै पाइलटले नियन्त्रण गुमाए र रुखमा ठोक्कियो।’

शेरिफको कार्यालयले भनेको छ कि साक्षीहरूले अल्बानलाई फ्लोरिडाको ब्लू रिज फ्लाइट पार्क एयरपोर्टमा विमानलाई दुर्घटना हुनु अघि धेरै पटक विमानको मुभमेन्ट गरेको देखे, र एक पटक उनी सन्तुष्ट भएपछि, उनले विमानलाई एयरस्ट्रिपको दक्षिणी छेउमा ल्याए। त्यसपछि विमान फ्लोरिडाको भेनिस सहरतर्फ उड्यो ।

चार्ल्सको घर भेनिसमा नै छ। तर विमान त्यो उचाइमा पुग्न सकेन र अचानक बायाँ मोडियो। यसपछि रुखमा ठोक्कियो । तर, एक्कासी किन बायाँतिर गयो ? यसबारे थाहा पाउन सकिएन । दुर्घटनापछि वृद्ध पाइलट अल्बानलाई अस्पताल लगिएको थियो, उनलाई धेरै चोट लागेको थियो। अस्पतालमा उपचारका क्रममा वृद्ध पाइलटको मृत्यु भएको हो ।

अमेरिकामा भएको यो विमान दुर्घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासनले अनुसन्धान गरिरहेको छ। यसअघि पनि यसै वर्षको सेप्टेम्बरमा यस्तै घटना भएको थियो, त्यसबेला पनि घरेलु विमान दुर्घटना भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *