ब्राजिलका नवनिर्वाचित राष्ट्रपतिद्वारा ब्राजिल–पोर्चुगल घनिष्ठ सम्बन्धका लागि आह्वान
एजेन्सी । भ्रमणरत ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले शुक्रबार ब्राजिल र पोर्चुगलबीच घनिष्ठ सम्बन्ध हुनुपर्ने बताएका छन् ।
“पोर्चुगल ऐतिहासिक साझेदार हो र हामीले धेरै घनिष्ठ सम्बन्ध राख्न सिक्नुपर्छ”, लुलाले पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा र प्रधानमन्त्री एन्टोनियो कोस्टासँग भेटवार्ता पछि पत्रकार समक्ष सो धारणा राखेका हुन् ।
सन् २०२३ जनवरी १ मा तेस्रो पटक पदभार ग्रहण गर्दै गरेका लुलाले आफ्नो सरकारले अमेजन वर्षावनको संरक्षणसहित जलवायु समस्यामा बढी ध्यान केन्द्रित गर्ने बताएका छन् ।
उनी इजिप्टको तटीय शहर शर्म अल–शेखमा रहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनबाट शुक्रबार लिस्बन पुगेका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment