मनाङका चार मतदान केन्द्रमा १०० भन्दा कम मतदाता

डिसी नेपाल
४ मंसिर २०७९ ८:१८
36
Shares

लमजुङ। हिमाली जिल्ला मनाङको चार मतदान केन्द्रमा १०० भन्दा कम मतदाता रहेका छन्। जिल्ला कारागार अस्थायीसहित जम्मा २९ मतदान केन्द्र रहेको मनाङको कुनै पनि मतदानस्थलमा २ वटा मतदान केन्द्र छैनन्।

२ वटा केन्द्रमा ५०० भन्दा बढी मतदाता छन्। अरु अधिकांश केन्द्रमा १०० देखि ५० सम्म मतदाता संख्या छ। ४ वटा केन्द्रमा भने १०० भन्दा कम मतदाता छन् । ती ४ मतदान केन्द्रमध्ये ३ वटा मतदान केन्द्र नार्पाभूमि गाउँपालिकामा पर्छन्। एउटा चामे गाउँपालिकामा पर्छ।

नेपालमै सबैभन्दा कम मतदाता भएका केन्द्रमध्ये सिंगो फू गाउँमा मात्रै १४९ मतदाता छन्। मनाङको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार सदरमुकाम चामेको ५ नं. वडा कार्यालय भवन चामेमा पुरुष ४६ र महिला ४७ गरी ९३ जना मतदाता छन्।

नार्पाभूमि गाउँपालिका १ को वडा कार्यालय भवन नारगाउँमा पुरुष ४१ र महिला ५५ गरी ९६ मतदाता छन् । नार्पाभूमि गाउँपालिका ४, फू गाउँको फू आधारभूत विद्यालय केन्द्रमा ३७ पुरुष र ४१ महिला गरी ७८ जना मतदाता छन्। वडा नं. ५ को कार्यालय मतदान केन्द्रमा पुरुष ३७ र महिला ३४ गरी ७१ जना मतदाता छन्।

मनाङ ङिस्याङ गाउँपालिका ५ को भ्राका आधारभूत विद्यालय केन्द्रमा सबैभन्दा बढी २८४ पुरुष र २९९ महिला गरी ५ सय ८३ मतदाता छन्। मनाङ ङिस्याङ गाउँपालिकाकै ८ नं. वडा कार्यालय भवन केन्द्रमा २४४ पुरुष र २६८ महिला गरी ५१२ मतदाता छन् । अन्नपूर्ण मावि मनाङमा पुरुष २४२ र महिला २४६ गरी ४८८ मतदाता छन्।

शर्माका अनुसार मनाङमा कूल मतदाता ६ हजार ७७९ छन् । महिला ३ हजार ४९८ र पुरुष ३ हजार २२१ छन् । प्रदेश ‘१’ अन्तर्गत चामे र नासों गाउँपालिकामा महिला १ हजार ३७० र पुरुष १ हजार २५४ गरी २ हजार ६२४ छन्।

प्रखेश ‘२’ को नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा महिला २ हजार १२८ र पुरुष २ हजार २७ गरी ४ हजार १५५ मतदाता छन्। सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा महिला २६१ र पुरुष २ सय ७ गरी ४६८ जनामात्रै मतदाता छन् । नार्पाभूमि नेपालका स्थानीय तहमध्ये सबैभन्दा कम मतदाता रहेको स्थानीय तह हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *