अग्नि सापकोटाले मतदान गरेको केन्द्रमा झडप

डिसी नेपाल
४ मंसिर २०७९ ९:०७
3.4k
Shares

सिन्धुपाल्चोक।  निवर्तमान सभामुख अग्नि सापकोटाले मतदान गरेको मतदान केन्द्रमा झडप भएको छ। सिन्धुपाल्चाेककाे सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएकाे हाे।

सभामुख सापकोटाले मतदान गरेको केही समयपछि एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको हो। माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिने कोशिश भइरहेको सुरक्षा निकायले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *