बर्दियाको शम्भुशरण मावि खैरापुरमा विस्फोट, चितवनमा मतपेटिका खोस्ने प्रयास

डिसी नेपाल
४ मंसिर २०७९ ९:५२
1.2k
Shares

काठमाडौँ। बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ।

मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ। हाल मतदान स्थगित भएको छ।

यस्तै, चितवनको राप्ती नगरपालिका–८ मा रहेको  आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार प्रहरीले गोली चलाएपछि उनीहरु भागेका थिए। अहिले शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *