रौतहटको गुजारा मतदान स्थलमा झडप, प्रहरीद्वारा हवाइ फायर
रौतहट। सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ।
रौतहटको गुजारा नगरपालिका-४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ। स्थिति नियन्त्रणमा आएपछि मतदानको प्रक्रिया भने जारी राखिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment