झण्डै २ वर्षको प्रतिबन्धपछि अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको ट्वीटर खाता फुकुवा

डिसी नेपाल
४ मंसिर २०७९ १०:४६
12
Shares

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल ट्विटरमा फर्किएका छन् । कम्पनीले उनको निलम्बित खाता पुनर्स्थापित गरेको छ। यसअघि कम्पनीका नयाँ प्रमुख एलन मस्कले ट्वीटरमा डोनाल्ड ट्रम्पको पुनरागमनसँग सम्बन्धित सर्वेक्षण गरेका थिए ।

सर्वेक्षणमा, प्रयोगकर्ताहरूले डोनाल्ड ट्रम्प सोशल मिडिया प्लेटफर्ममा फर्कने वा नफर्कने निर्णय गर्नुपरेको थियो। यस पोलमा ट्रम्पले करिब ५२ प्रतिशतको समर्थनमा १५ लाख भोट पाएका थिए । एलन मस्कले जनताको निर्णयको स्वागत गरेका छन् ।

यद्यपि डोनाल्ड ट्रम्पले आफूलाई ट्विटरमा फर्कने कुनै चासो नभएको बताउँदै भनेका छन् बरु उनी आफ्नो सोशल मिडिया प्लेटफर्ममा रहन रुचाउँछन्। गत वर्ष जनवरीमा वासिङ्टनको क्यापिटल हिल भवनमा भएको आक्रमणपछि पूर्व राष्ट्रपतिलाई सामाजिक सञ्जालबाट प्रतिबन्ध लगाइएको थियो । त्यसपछि उनले आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ सुरु गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *