सिरहा–१ मा एमालेका यादव निर्वाचित

डिसी नेपाल
८ मंसिर २०७९ २१:०३

सिरहा । सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का रामशङ्कर यादव निर्वाचित भएका छन् । यादवले सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार पूर्वउद्योग राज्यमन्त्री पदमनारायण चौधरीलाई पराजित गरी विजय हासिल गरेका हुन् ।

क्षेत्र नं १ का निर्वाचन अधिकृत लोकहरि बस्यालले दिएको जानकारीअनुसार निर्वाचित यादवले दुई हजार ८३ मतको मतान्तरले विजयी हासिल गरेका हुन् । सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका यादवले २९ हजार चार सय ६२ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरे । जनमत पार्टीका युगलकिशोर साह छ हजार आठ सय ४९ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *