तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

डिसी नेपाल
१० मंसिर २०७९ ६:३९

काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १ का हिमाली भूभागका एक-दुई स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने ठानिएको छ।

आइतबार प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई भूभागमा हुस्सु कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने आकलन महाशाखाले गरेको छ। चिसोबाट बच्न सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *