प्राचीन मन्दिरमा चढेर महिला पर्यटक नाच्न थालेपछि हंगामा
काठमाडौं । ऐतिहासिक मन्दिरमा नाच्दै गरेकी महिलालाई भीडले घेरा हाल्यो । सिँढी चढ्दा पनि मानिसहरूले उनलाई रोकेका थिए तर उनी मानिनन् । पछि सुरक्षा गार्डले महिलालाई जबरजस्ती तल झारे । उनी तल ओर्लने बित्तिकै भीडका केही व्यक्तिले उनलाई हातपात गरेका थिए । पछि उनलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको थियो । प्रहरीले महिलालाई पक्राउ गरेको छ ।
घटना मेक्सिकोको हो । जहाँ सोमबार एक महिला पर्यटकले पुरातन माया मन्दिरको माथि चढेर नाच्न थालेकी थिइन् । यस क्रममा मानिसहरूले उनलाई तल आउन आग्रह गरे तर उनले कसैको कुरा सुनिनन्। पिरामिडको टुप्पोमा उभिएकी महिलाले कहिले हात हल्लाउँदै त कहिले कम्मर हल्लाउँदै नाच्दै गरेको देखियो ।
आरोपित महिला स्पेनी नागरिकको रुपमा चिनिएको छ । उनको कार्यलाई स्थानीय जनताले ‘अपमानजनक’ भनेका छन् । उनलाई कारबाही गर्न पनि माग गरिएको छ । कतिपयले महिलालाई जेल पठाउने कुरा पनि गरेका छन् ।
यो घटनाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसले देखाएको छ कि कसरी एउटी महिलाले नियमको अवहेलना गरिन् र भर्याङको सहायताले पुरातन माया पिरामिडको शीर्षमा पुगिन्। जबकि यो एक प्रतिबन्धित क्षेत्र थियो। यो साइट २००७ मा युनेस्को द्वारा विश्वको नयाँ ७ आश्चर्य मध्ये एक को रूपमा नामित गरिएको थियो।
महिला माथि पुग्ने बित्तिकै तल उभिरहेका मानिसहरूले उनलाई चिच्याउन थाले। यसैबीच एक सुरक्षा गार्डले उनको पछि दौडेर उनलाई जबरजस्ती तल झारे । जब महिला सिँढीबाट पिरामिडको तल पुगिन्, अन्य पर्यटक र स्थानीय मानिसहरूले उनलाई घेरे। यसैबीच उनलाई केहीले पानीको बोतल हानेका छन् भने केहीले हातपातसमेत गरेका छन् ।
रिपोर्टका अनुसार विश्व सम्पदा क्षेत्रमा आरोहण गरेको भन्दै महिलालाई जरिवाना गरिएको छ । मेक्सिकोमा यस प्रकारको अपराधमा २ लाखदेखि ४ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
यो प्रख्यात पुरातात्विक स्थल करिब १००० वर्ष पुरानो हो । यस माया मन्दिरको शीर्षमा पुग्न कुल ९१ सिँढीहरू छन्। तर २००६ मा एक चिप्लिएर उनको मृत्यु भएपछि मानिसहरूलाई चढ्न प्रतिबन्ध लगाइएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment