हिमालयन डिस्टिलरीले गर्यो बम्पर लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
११ मंसिर २०७९ ९:१०
144
Shares

काठमाडौँ। हिमालयन डिस्टिलरीले आफ्नो सेयरधनीलाई बम्पर लाभांश दिने निर्णय गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९  को मुनाफाबाट ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरि कुल ७० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

यसका साथै लाभांश पारित गर्नको लागि साधारण सभा र बुकक्लोज मिति पनि तय गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले २२ औँ वार्षिक साधारणसभा आउँदो पुस २७ गते गर्ने निर्णय गरेको छ। सभा वीरगन्जको लिपनिविर्तास्थित कम्पनीको रजिस्टर्डको कार्यालयमा सञ्चालन हुनेछ। सोही साधारणसभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको लाभांश पाउन सक्ने र  साधारण सभामा सहभागी हुन पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.