आरएसडीसी लघुवित्तको लाभांश घोषणा

डिसी नेपाल
११ मंसिर २०७९ १०:१६
140
Shares

काठमाडौँ। आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

संस्थाले हाल कायम चुक्तापुँजी ८० करोड ५१ लाख ५५ हजार ७४१.२८ रुपैयाँको कुल ११ प्रतिशतले हुन आउने ८ करोड ८५ लाख ६७ हजार १३१.५४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.