नबिल बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। नबिल बैंकले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।
यो सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरीबैंकको केन्द्रीय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौं स्थित कम्पनीको सचिवको कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment