यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले स्प्म्बर्को लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँ तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३६ रुपैयाँ २० पैसा रहेको छ भने अष्ट्रेलियन डलर खरिद ८८ रुपैयाँ ०३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा कायम छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९३ पैसा छ।
सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९५ रुपैयाँ २८ पैसा र जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ ४२ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।
यसैगरी, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८६ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment