सोमबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य १ हजार २ सय ८५ रुपैयाँ रुपैयाँ कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment