नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औँ बार्षिक साधारण सभा पुस ७ गते, बुक क्लोज कहिले ?
काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औँ बार्षिक साधारण सभा पुस ७ गते बस्ने भएको छ। आइतबार बसेको सञ्चालक समितिको ५७८ औँ बैठकले साधारण सभा पुस ७ गते गर्ने निर्णय गरेको हो।
सभामा बैंकले ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ। सभा प्रयोजनको लागि बैंकले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार, मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment