छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। बाँके, राप्तिसोनारी गाउँपालिका-१ चप्परगौरीस्थित सडकमा ग.२१ प ३२४८ र रा.७ प ५५५४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका-२ बस्ने २५ वर्षीय सुजित सिङ थापा रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै, दुर्घटनामा घाइते भएका रा.७ प ५५५४ नम्बरको मोटरसाइकलमा सवार १ जना र ग.२१ प ३२४८ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी(पूर्व), मध्यविन्दु नगरपालिका-१० खहरेखोलास्थित सडकमा लु.१ ख ७१८० नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरी, डाक्नेश्वरी नगरपालिका-३ तरहीस्थित सडकमा स.१ त २१५९ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने ४५ वर्षीय चन्द्र मुखियाको आइतबार राति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment