झडप भएपछि सुकुम्बासी बस्तीबाट फिर्ता भयो महानगरको डोजर, बिकल्प दिएर मात्रै हटाउनुपर्ने माग

डिसी नेपाल
१२ मंसिर २०७९ १७:२७
220
Shares

काठमाडौं । काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन खोज्दा झडप भएको छ ।

काठमाडौं महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाउन नेपाल प्रहरी, नगर प्रहरी एवम् सशस्त्र प्रहरी डोजरसहित पुगेपछि स्थानीयबासी प्रतिकारमा उत्रेका थिए ।

स्थानियले कुनै पनि हालतमा डोजर चलाउन नदिने भन्दै ढुंगामुढा गर्दै, टायर बाल्दै आन्दोलनमा उत्रिएपछि डोजर लिएर पुगेको प्रहरी फिर्ता भएको छ ।

काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा बस्नेहरुले ढुङ्गामुडा गरेका थिए ।
सो क्रममा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १९ जना घाइते भएका छन् । घाइतेहहरुको नर्भिक अस्पतालमा उपचार गरिएको छ । झपड पछि सो बस्तीमा टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले उचित बिकल्प दिएर मात्रै आफुहरुलाई हटाउनुपर्ने बताएका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले केहि दिन अघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेको थियो । तर सुकुम्वासी बस्ती खाली नभएपछि बलपूर्वक हटाउन खोजिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *